काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रका सांसद छलफलमा जुटेका छन् । जंगी अड्डाबाट प्रधानमन्त्री छान्ने कुरा गलत भएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने गरी सांसदहरू छलफलमा जुटेका हुन् ।
कुराकानीमा नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र जीवन परियार, नेकपा एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, अमनलाल मोदी र राजन दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल जुटेका हुन् ।
‘हामीले बैठक गरेको होइन । कुराकानी गरिरहेका छौँ’, कांग्रेस सांसद चन्द्र भण्डारीले भने, ‘सांसद र नेताहरुसँग कुराकानी भइराखेको छ । जनार्दन शर्मा, घनश्याम भुसाल, मिनेन्द्र रिजाल, गगन थापाहरुसँग कुराकानी भइराखेको छ’ एक नेताले भनेका छन् ।
संवैधानिक बाटोबाटै गर्नुपर्ने भन्दै संयुक्त वक्तव्य निकालौं भनेर युवा सांसदहरूबीच छलफल गरिरहेकाे तर निर्णय भइनसकेको बताइएकाे छ ।


प्रतिक्रिया