काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई डरपाेक भनेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बालेन संकटको बेलामा लुकेको बताएका हुन् ।
बालेनलाई जिम्मा लगाइएको अभिमत उनले अरूलाई दिएको हर्कले उल्लेख गरेका छन् ।
“संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिई पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास !,” हर्कले लेखेका छन् ।
बुधबार हर्कले अन्तरिम सरकारको प्रमुखका विषयमा जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसित भेटवार्ता गरेका थिए । अन्तरिम सरकारको प्रमुख बन्ने उनको प्रयास जारी छ ।


प्रतिक्रिया