काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हट्यो कर्फ्यू र निषेधाज्ञा

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हट्यो कर्फ्यू र निषेधाज्ञा



काठमाडौं । काठमाडौं उपत्यकामा रहेका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यू र निषेधाज्ञा हटेको छ । तीनवटै जिल्लाका प्रशासन कार्यालयले सूचना निकालेर सुरक्षा विश्लेषणका आधारमा लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइएको जनाएका छन् ।

काठमाडौंले निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै राखिएको छ । सुरक्षा संबेदनशिलताका आधारमा काठमाण्डौले विभिन्न ठाउँलाई प्रदर्शन गर्न नपाइने क्षेत्र घोषणा गरेको छ ।

सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिन थालेका छन् । ट्राफिक प्रहरी पनि काममा फर्किएका छन् । पसल तथा होटललगायतका क्षेत्र पनि खुलेका छन् ।

नयाँ सरकार गठन भएसँगै आम नागरिकको जनजीवन सामान्य बन्न थालेको छ । काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । जेन–जीको आन्दोलन र असहज अवस्थापछि विभिन्न क्षेत्रमा लगाइको कर्फ्यू र निषेधाज्ञा धेरैजसो क्षेत्रमा हटेको छ ।

अब स्थानीय प्रशासनले आवश्यकताको आधारमा निर्णय गर्न सक्ने नेपाली सेनाले जनाएको छ । प्रशासनले जस्तो सुकै परिस्थितिमा पनि आम नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा प्रतिवद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्‍याउन समेत अनुरोध समेत गरेको छ ।