बौद्ध भाटभटेनीमा ६ वटा शव फेला

बौद्ध भाटभटेनीमा ६ वटा शव फेला



काठमाडौं । काठमाडौं महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ ।

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ ।