काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् ।
सोमबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।
शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार पुगेका थिए ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।
प्राधिकरणमा अहिले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक छन् ।


प्रतिक्रिया