काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूले कुराकानी गरेका थिए ।
सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्न उनले आग्रह गरेका थिए ।


प्रतिक्रिया