बालेनले हर्क साम्पाङलाई भने : जति गाली गरे पनि म माया गर्न छोड्दिन

बालेनले हर्क साम्पाङलाई भने : जति गाली गरे पनि म माया गर्न छोड्दिन



काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई जति गाली गरे पनि माया गर्न नछोड्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love।’

पछिल्लो समय जेन–जी आन्दोलन र नयाँ सरकार गठनका सम्बन्धनमा हर्क र बालेनबीच विवाद बढेको थियो । हर्कले प्रधानमन्त्री बन्न चाहेका थिए । तर बन्न नसकेपछि धरान फर्केका उनले लुकेर बसेको भन्दै बालेनको आलोचना गरेका थिए ।

उनले बालेनको नाम नलिई भनेका थिए, ‘चान्चुने नठान ! सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा ! हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु ! तँ हारिस् भने मेरो घरमा सिर्फ एक महिना हली बस् ! सक्छस् ?’