काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोनाले विजयी शुरूआत गरेका छन् । गएराति भएको खेलमा सिटीले नापोलीलाई २–० र बार्सिलोनाले न्युक्यासललाई २–१ गोलले हरायो ।
सिटीका एर्लिङ हालान्ड र जेरेमी डोकुले एक/एक गोल गरे । नापोली १० खेलाडीमा समेटिएको थियो ।
त्यस्तै बार्सिलोनाको जितमा दुवै गोल मार्कुस रासफोर्डले गरे । न्युक्यासलका एन्थनीले एक गोल फर्काए । अरु खेलमा फ्र्यांकफर्डले गालातासारेलाई ५–१ र स्पोर्टिङले काइरतलाई ४–१ गोलले हराएको छ ।
हिजो भएका खेलमा क्लब ब्रुगले मोनाकोलाई ४–१ ले हराउँदा कोपनहेगन र लेभरकुशेनले २–२ गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया