नेपाल समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश

नेपाल समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं । नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार समूह ‘ए’ को समीकरण पूरा भएसँगै नेपाल समूहको उपविजेता बनेको हो ।

बंगलादेशले समूहको अन्तिम खेलमा श्रीलंकालाई ४–० ले हराएसँगै समूह समीकरण पूरा भएको हाे । समूहमा बंगलादेश दुई खेल खेल्दा शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेको छ । समूह विजेता बनेको उसले ६ अंक जोडेको छ ।

समूह चरणमा उसले नेपाल र श्रीलंकालाई समान ४–० ले पराजित गरेको थियो । नेपाल तीन अंकका साथ समूह उपविजेता बनेको हो । नेपालले दुई खेल खेल्दा समान एक हार र एक जितसहित यो नतिजा आत्मसाथ गरेको हो ।

नेपालले समूह चरणअन्तर्गत उद्घाटन खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दा बंगलादेशसँग ४–० को हार बेहोरेको थियो । घरेलु टोली श्रीलंका भने दुवै खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ को पुछारमा रहेको उसले नेपालसँग २–० र आजै बंगलादेशसँग भएको खेलमा समान ४–० को हार बेहोरेको हो ।

आइतबार श्रीलंकाको कोलोम्बोस्थित रेसकोर्स रंगशालामा बंगलादेशलाई जित दिलाउन टोलीका महोम्मद राफत काजीले ‘ह्याट्रिक’ प्रहार गर्दा महोम्मद आरिफले एक गोल गरेका थिए ।