काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरुको आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम भए पनि स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नाम सिफारिस भएको डा. सङ्गिता कौशल मिश्राको शपथ नहुने भएको छ ।
राष्ट्रपति कार्यलयका सहसचिव प्रदीपकुमार कोइरालालले सोमबार स्वास्थ्यमन्त्रीको शपथ नहुने जानकारी दिए ।
आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्राको समेत नाम स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । डा. मिश्राविरुद्ध भष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम हटाएर चार जनाको मात्र नाम सिफारिस गरेकी हुन् ।
सिफारिस भएका नाममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महाविर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भुमिसुधार मन्त्रीमा पूर्व न्यायाधीश अनिलकुमार सिंह, कृषि मन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस भएको छ ।


प्रतिक्रिया