काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री रायमाझी आफै कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।
उनका अनुसार भुटानी शरणार्थी प्रकरणकै कारागारमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने फर्किएका छैनन् ।


प्रतिक्रिया