जेनजी भन्दै युवालाई ढुंगाले हान्ने वडाध्यक्ष पक्राउ

जेनजी भन्दै युवालाई ढुंगाले हान्ने वडाध्यक्ष पक्राउ



कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिका- ८ का वडाध्यक्ष वीरबहादुर साउदले विकाससम्बन्धी प्रश्न गरेपछि स्थानीय युवा सुनिल खड्कालाई ढुंगाले हानेका छन् ।

खड्काले वडाध्यक्षलाई तपाईँको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ ? भनेर प्रश्न गर्दा केहीबेर विवाद गरेर तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हानेकाे उनले बताएका छन् ।

आफूलाई जेनजी आन्दोलनमा संलग्न भएको र वडा कार्यालय जलेको भन्दै आक्रमण गरेको उनले आरोप लगाएका छन् ।

‘यो जेनजीको आन्दोलन गर्ने मान्छे हो यसले गर्दा हाम्रो वडा पनि जल्यो यसलाई मार्नुपर्छ भनेर २ जनालाई मेरो पछाडि लगाइयो ’ घाइतेले इलाका प्रहरी कार्यालय सुखडमा प्रहरीसमक्ष भने ।

वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी परेको छ । वडाध्यक्ष साउद पक्राउ परिसकेको डीएसपी रमेशदत्त अवस्थीले जानकारी दिए । वडाध्यक्षलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे उनले बताए ।