काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् ।
उनले बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।
साथै, केन्द्रीय समिति भंग गरी महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गर्ने प्रस्ताव पनि गरिएको छ । बैठकमा भट्टराईले ‘जेन- जी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
९ असोज २०७२ मा तत्कालीन माओवादी पार्टी त्यागेका उनले ३० जेठ २०७३ सालमा नयाँ शक्ति पार्टी घोषणा गरेका थिए ।
झन्डै १० वर्ष नेपालमा वैकल्पिक राजनीतिको वकालत गरेका भट्टराईले जेन-जी आन्दोलनको मर्म अनुसार पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने भन्दै पद त्याग गर्ने प्रस्ताव गरेका हुन् ।


प्रतिक्रिया