काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा स्वस्थ भएका छन् ।
नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र उनकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पूर्ण रुपमा स्वस्थ भएको जानकारी दिए ।
देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको हुँदा अस्पतालबाट डिस्चार्ज नभएको प्रवक्ता बस्नेतको भनाइ छ ।
भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उनीहरुमाथि आक्रमण गरेका थिए । देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै निकालेका थिए ।
प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि उनीहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो । अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा छन् ।


प्रतिक्रिया