काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने बताएको छ ।
बिहीबार सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि कात्तिक ३० गतेसम्म नामावली संकलन तथा दर्ता गर्न पाइने जानकारी दिएका छन् ।
नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भएकाले बिहान ८ बजेदेखि ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
आयोगको वेबसाइटमा प्रि-रजिस्ट्रेशन प्रणालीबाट आवेदन भरेर बायोमेट्रिक विवरणका लागि कार्यालय जानुपर्ने भनिएको छ ।
सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । उक्त घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम रोकिन्छ । त्यसो भएपछि सरकारले अध्यादेश ल्याएर उक्त प्रावधानलाई संशोधन गरेको थियो ।



प्रतिक्रिया