काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय स्परुप फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताएकी छन् ।
बिहिबार देशबासीका नाममा सम्बोधन गर्दै आउने चुनावपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिइन् ।
उनले भनिन्, ‘६ महिने कार्यकाल रहेको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन । तैपनि हामी कतिसम्म गर्नसक्छौं त्यसको इमानदार प्रयास गर्नेछौँ । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।’
उनले परिवर्तन पक्षधर सबैलाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गरिन् ।
जेनजीमाथि गोली चलाउनेलाई कडा कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी कार्कीले जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेमाथि कडा कारबाही हुने प्रतिबद्धता जनाएकी हुन् ।
कार्कीले भनिन्, “भ्रष्टाचार नियन्त्रण र सुशासन ल्याउनका लागि आन्दोलनमा निस्किएका जेनजी आन्दोलनकारीको ज्यान जानेगरी गोली चलाउन संलग्न सबैलाई कारबाही गरिनेछ ।”


प्रतिक्रिया