विदेशबाट मतदान गर्ने सम्भावनाबारे छलफल भइरहेको छ : प्रधानमन्त्री

विदेशबाट मतदान गर्ने सम्भावनाबारे छलफल भइरहेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उत्साहका साथ सहभागी हुन आह्वान गरेकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी पुस्तालाई निर्वाचनमा सहभागी गराउनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सरकारले अध्यादेश जारी गरिसकेको बताइन् ।

“युवापुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन सबै नेपाली दिदीबहिनी दाजुभाइलाई आह्वान गर्न चाहन्छु,” उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले कामको सिलसिलामा विदेशमा भएका नागरिकले मतदान गर्न सक्ने सम्भावनाका विषयमा निर्वाचन आयोगसँग छलफल गरिरहेको बताइन् । “नेपाली नागरिकहरूलाई विदेशबाट समेत आगामी निर्वाचनमा मतदान गर्न सक्ने सम्भावनबारे सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ,” उनले भनिन् ।