राजनीतिक कनेक्सनले गर्दा रोकिएका सबै फाइल खुल्छन् : गृहमन्त्री अर्याल

राजनीतिक कनेक्सनले गर्दा रोकिएका सबै फाइल खुल्छन् : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए ।

सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । अर्यालले भने, ‘अब ब्रेक थ्रु हुन्छ ।’

मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन । यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन ।’

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताए ।

‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ’ उनले भने ।