काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि उदाएका युवा नेता सुदन गुरुङले आउँदो फागुनमा हुन लागेको आमनिर्वाचनमा उमेदवारी दिने घोषणा गरेका छन् ।
उनले आफूहरूको आन्दोलनले जनताको सरकार निर्माण गर्न अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेको अलजजिराले जनाएको छ ।
अलजजिरासँगको विशेष अन्तर्वार्तामा गुरुङले आफ्नो समूहले परम्परागत राजनीतिक दलको सट्टा परिवर्तनका निम्ति आन्दोलन गर्दै देशभर समर्थक परिचालन गरिरहेको बताए ।
“उनीहरूले हामीलाई राजनीतिमा तानेका छन्,” उनले ‘स्वार्थी’ र ‘भ्रष्ट’ पूर्वराजनीतिज्ञको सरकारबारे टिप्पणी गर्दै भने, “यदि, उनीहरूलाई राजनीति चाहिएको हो भने उनीहरूले त्यही पाउनेछन् । हामी अर्को निर्वाचनमा उठ्नेछौँ, किनभने अब हामी पछि हट्ने छैनौँ ।”
गुरुङले आन्दोलनका स्वयंसेवकले कानुनी र सञ्चार समिति गठन गरिरहेका बताए । उनीहरूले विरोध प्रदर्शनमा प्रयोग गरिएका डिस्कोर्ड, इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत देशभरबाट नीतिगत माग संकलन गरिरहेका गुरुङले जानकारी दिए ।
गुरुङले स्वतन्त्र उमेदवारका रूपमा चुनाव लड्ने सम्भावना कम रहेको बताए । समूहका रूपमा आफूहरूले चुनाव लड्ने योजना रहेको उनले उल्लेख गरे ।


प्रतिक्रिया