एमाले सचिवालय बैठक गुण्डुमा जारी

एमाले सचिवालय बैठक गुण्डुमा जारी



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अहिले जारी छ । भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा आइतबार बैठक बसेको हो ।

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले बैठक बसेको हो । बैठकमा आन्दोलनको समीक्षा, पार्टीको भावी रणनीतिमा छलफल हुने नेताहरूले जनाएका छन् ।

एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ठलगायतले पार्टी पुनर्गठनको माग गर्दै आएका छन् ।

अब एमालेले लिने नयाँ रणनीतिबारे कार्यकर्ताहरूले चासोका साथ हेरेका छन् ।