दल दर्ताका लागि हर्क साम्पाङले निर्वाचन आयोगमा दिए निवेदन

दल दर्ताका लागि हर्क साम्पाङले निर्वाचन आयोगमा दिए निवेदन



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको आयोगकाे उच्च स्रोतले जनाएको छ । उनी आफैं अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको स्रोतको भनाइ छ ।

गत साउन २७ मा उक्त दल दर्ताका लागि आयोगमा निवदेन परेको हो ।

चालू आर्थिक वर्षमा दल दर्ताका लागि निवेदन परेका ३ वटा निवेदनमाथि अहिले जाँचबुझ भइरहेको आयोगले जनाएको छ । आएका निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे/नपुगेको आयोगले अध्ययन गरिरहेको छ ।

आयोगले प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए दल दर्ता गर्नेछ । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।