काठमाडौं । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियुक्त गरेको छ ।
आजको क्याविनेट बैठकले मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेको हो ।
त्यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
खनाल २५ वर्षदेखि पत्रकारितामा संलग्न छन् । उनी उकालो अभियानका पूर्वनिर्देशक हुन् । उनी उकालो डटकम र अंग्रेजी दैनिक द हिमालयन टाइम्सका पूर्वसम्पादक पनि हुन् ।
खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्र (सीईएसआई) का अनुसन्धान सल्लाहकार पनि हुन् । उनी दुई वर्षदेखि भ्रष्टाचार, दण्डहीनता, सुशासन र राष्ट्रिय सुरक्षासम्बन्धी चासोबारेमा अनुसन्धानमा पनि संलग्न छन् ।


प्रतिक्रिया