काठमाडौं । डब्ल्यूकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली टोली आउँदो बुधवार मलेशिया जाने भएको छ ।
मलेसिया कराते महासङ्घको आयोजनामा आउँदो अक्टोबर ३ देखि ५ तारिखसम्म क्वालालम्पुरमा हुने प्रतियोगितामा नेपालका ४ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढा मगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आज एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया