नेपाली क्रिकेट टोलीले आज कतारसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टोलीले आज कतारसँग अभ्यास खेल खेल्दै



काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले आज कतारसँग खेल्दैछ । यो खेल ओमानमा बेलुका शुरू हुनेछ ।

यसअघि अस्ति भएको खेलमा नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।

सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको थियो ।

नेपाली टोली यूएईबाट विश्वकप छनोट खेल्न ओमान गएको हो ।