काठमाडौं । जेन-जी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।
उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।
जेन-जी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
जेन-जी युवाहरुले भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य पूरा गर्न अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको जिकिर गरेका छन् ।
मंगलबार आयोगमा दर्ता गरिएको दबाब पत्रमा भनिएको छ ‘भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा तपाईंको नेतृत्वमा निष्पक्षता सम्भव छैन ।’ पत्रमा राईलगायत सम्पूर्ण आयुक्तलाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन आग्रह गरिएको छ।


प्रतिक्रिया