भोलि नेपाली राजदूतहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री कार्की

भोलि नेपाली राजदूतहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार ब्रिफिङ लिने भएकी छन् ।

परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताबारे निर्देशन दिन लागेकी हुन् ।

नयाँ सरकार बनेपछि राजदूतहरूसँग संयुक्त रूपमा कुराकानी हुन लागेको हो । अपराह्न भर्चुअल संवाद हुनेछ । परराष्ट्र मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ ।

तर ब्रिफिङको समय चाहिँ टुंगो भइसकेको छैन । नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतको चलन छ ।