काठमाडौं । नेपाली कांगेसको केन्द्रीय कार्य समितिको बैठक असोज २६ गते बस्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सो बैठक बस्दैछ । यस बैठकमा जेन्जी आन्दोलनपछिको नयाँ राजनीतिक अवस्था र प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि कांग्रेसको पहिलो कार्यसमितिको बैठक बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए ।
उनले भने, “नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दैछ । समसामयिक राजनीतिक विषयमा सघन छलफल हुने छ ।”
उनका अनुसार बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुने छन् । भदौ २४ गते सभापति देउवाको निवासमा भएको आगजनीपछि उनी अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।


प्रतिक्रिया