काठमाडौं । आईसीसी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आज पनि तीन खेल हुँदै छन् ।
आज समूह ‘ए’का मलेसिया र कतार, समूह ‘बी’का कुवेत र जापान तथा समूह ‘सी’का पपुवा न्युगिनी र सामाओबीच खेल हुनेछ । नेपाली समयअनुसार मलेसिया र कतारबीचको खेल बिहान ११ : ४५ बजे, कुवेत र जापानबीचको खेला दिउँसो ४: १५ बजे तथा पपुवा न्युगिनी र सामाओबीचको खेल राति ८ : ४५ बजे हुनेछन् ।
कतार, कुवेत र सामाओले जारी प्रतियोगिताका एक–एक खेल बुधबार खेलिसकेका छन् । र, तीनै टोली पराजित भएका छन् । बुधबार कतार यूएईसँग, कुवेत नेपालसँग र सामाओ ओमानसँग पराजित भएका हुन् ।

प्रतिक्रिया