काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका हुन् । प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न रोक लगाएको छ ।
हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका छन् । प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएपछि घुसपैठ हुने र हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषण छ ।
जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै जेनजीका केही समूहले प्रदर्शन गर्न लागेका थिए ।
काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । सोही बमोजिम माइतीघर मण्डला लगायतका क्षेत्रमा कसैलाई पनि हुल बाँधर उभिन समेत दिइएको छैन ।

प्रतिक्रिया