काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव अघि सारेका छन् ।
ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन प्रस्ताव गरेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए ।
‘बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन गरी प्रस्ताव ल्याउनुभएको छ,’ उनले भने । केही समयअघिदेखि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए ।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। चार वर्षे कार्यकाल यही मंसिरमा सकिने भएकाले त्यसअवधिमै नियमित महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
अहिले बसिरहेको बैठकमा असोज २६ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे छलफल भइरहेको छ । आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित छैनन् ।


प्रतिक्रिया