कांग्रेस पदाधिकारी बैठक आज पनि

कांग्रेस पदाधिकारी बैठक आज पनि



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ ।

यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेको निष्कर्ष कांग्रेसले निकालेको जानकारी दिएका थिए ।

बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए ।