काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको बताए ।
उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो ।
आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ ।


प्रतिक्रिया