काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो ।
युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्याली र आयोजना गर्ने घोषणा गरेको थियो । युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्याली निकाल्ने सूचना जारी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख छ ।
प्रशासनले त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएकाे जनाएकाे छ ।



प्रतिक्रिया