जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम असोज २८ गते विश्वासको मतका लागि व्यवस्था मिलाइदिन प्रदेशसभालाई शुक्रबार पत्राचार गरेका हुन् ।
जनमत पार्टीबाटै मुख्मन्त्री बन्नुभएका सिंहलाई जनमत पार्टी, नेपाली काँग्रेस र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले राजीनामा नदिइ प्रदेशसभामै सामना गर्ने रणनीतिअनुसार असोज २८ गते विश्वासको मत लिनेगरी प्रदेश सभालाई पत्राचार गरेका हुन् ।
यसअघि मधेश प्रदेशका प्रदेश प्रमुखको अह्वानवेगर मधेश प्रदेशमा नेकपा (एमाले), नेपाली काँग्रेस र जनमत पार्टीले संयुक्त रुपमा नेपाली काँग्रेस सँसदीय दलका नेता कृष्णा यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि ५८ जना प्रदेशसभा सदस्यको समर्थनसहितको दावीपत्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरेको भएको थियो ।
मुख्यमन्त्री सिंहको राजीनामा नआएको कारण प्रदेश प्रमुख कार्यालयले तत्काल कुनै प्रक्रिया चालेको छैन ।


प्रतिक्रिया