हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या यस वर्ष ६ हजारभन्दा धेरै

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या यस वर्ष ६ हजारभन्दा धेरै



हुम्ला । हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने तीर्थयात्रीको सङ्ख्या यसवर्ष छ हजारभन्दा धेरै पुगेको छ । चीनसँग नेपालको हुम्ला हिल्सानाका गएको वैशाख १८ गते खुलेपछि छ हजार चार सय सात जना विदेशी पर्यटक हुम्ला भित्रिएका छन् ।

जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान झण्डै छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

अन्य देशका चार सय ५० जनासहित हुम्लामा छ हजार चार सय सात विदेशी पर्यटक पुगेका हुन् ।

मानसरोवर कैलाश दर्शन गर्न पुग्ने विदेशी पर्यटकको यो सङ्ख्या यस वर्षको अब अन्तिम हो । पर्यटक आउँदा व्यस्त हुने सिमकोट विमानस्थल मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै अहिले सुनसान छ ।

चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए ।