राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या आएपछि वार्ता नै नगरी अस्पताल गएका थिए ।

उनलाई वान्ता हुने समस्या भएपछि शनिबार बिहान ११ बजे अस्पताल पुर्‍याइएको थियो ।