एमाले सचिवालय बैठक जारी, महाधिवेशनको मिति तय हुनसक्ने

एमाले सचिवालय बैठक जारी, महाधिवेशनको मिति तय हुनसक्ने



काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक अहिले जारी छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु भक्तपुरमा जारी बैठकमा आज सचिवालका बाँकी सदस्यहरूले धारणा राख्ने छन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार आजको बैठकमा बोल्न बाँकी रहेका सचिवालय सदस्यहरुले धारणा राख्ने छन् । यसअघि शुक्रबार बसेको बैठकमा अध्यक्षसहित ९ जना सदस्यहरूले धारणा राखेका थिए ।

आज उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्ने छन् ।

आजको बैठकमा नेताहरूले धारणा राख्नेक्रम सकिएपछि बैठकले ठोस निर्णय गर्ने उपाध्यक्ष शाक्यले बताइन् । उनका अनुसार आजको बैठकले पार्टीको महाधिवेशन र त्यसको मिति तय गर्ने विषयमा निर्णय गर्न सक्ने सम्भावना छ ।

जेनजी आन्दोलनपछि फेरिएको नेपाली राजनीतिक परिदृष्यका कारण दलहरूमा नयाँ नेतृत्वको बहस सुरु भएको छ ।

अध्यक्ष अ‍ोलीमाथि नेतृत्व हस्तान्तरणको चौतर्फी दवाव भएपछि महाधिवेशनको मिति तय गरेर महाधिवेशनबाटै नेतृत्व छिनोफानो गर्ने तयारीमा एमाले रहेको छ । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।