बालेन शाह र सुदन गुरूङविरूद्ध नेविसंघले दियो जाहेरी

बालेन शाह र सुदन गुरूङविरूद्ध नेविसंघले दियो जाहेरी



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय-क्याम्पसका पोशाकमै बोलाएर मानव ढाल बनाएको र राष्ट्रिय सम्पदा तथा सरकारी र निजी घर आगजनी गरेको भन्दै त्यसमा नेतृत्वदायी भूमिकामा बालेन र सुदन रहेको भन्दै नेविसंघले जाहेरी दिएको हो ।

नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुरमा आइतबार जाहेरी दिएको हाे ।

मेयर बालेन र हामी नेपालका संस्थापन सुदनविरूद्ध जाहेरी लिएर नेविसंघका मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका थिए । नेविसंघले दिएको जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन ।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका सुदनविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो ।