‘घरेलु लिग चलाऊ, फुटबल बचाऊ’ भन्दै एन्फामा धर्ना

‘घरेलु लिग चलाऊ, फुटबल बचाऊ’ भन्दै एन्फामा धर्ना



काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध समर्थकहरूले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् ।

नेपाली फुटबल समर्थकहरूले एन्फा फुटबल एशोसिएशन कि कन्सलटेन्सी; विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?; घरेलु लिग चलाऊ, फुटबल बचाऊ; वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल; फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । भर्खरै धुलिखेलमा सम्पन्न साधारणसभामा अध्यक्ष पङ्कजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् ।