कांग्रेसमा विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर भोलि बुझाइने

कांग्रेसमा विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर भोलि बुझाइने



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव मंगलबार बिहान १० बजे पार्टी मुख्यालयमा बुझाइने भएको छ । केन्द्रीय समिति बैठक सरेपछि हस्ताक्षर बुझाउने मिति पनि पर धकेलिएको हो ।

कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको दाबी गरिएको छ ।

आज बुझाउने भनिए पनि कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजेका लागि सारिएको जानकारी आएकाेले उपसभापतिको समय भोलि नै १० बजेका लागि मागेकाे महामन्त्री थापानिकट एक नेताले बताए ।

कांग्रेसमा नियमित महाधिवशेनको मिति र प्रक्रिया बारेमा कुरा नमिल्दा केन्द्रीय समिति बैठक २ दिन सारिएको थियो ।