नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि ५ सय १२ जना खेलाडीको नाम दर्ता

नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि ५ सय १२ जना खेलाडीको नाम दर्ता



काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करणका लागि ५ सय १२ जना स्वदेशी खेलाडीको नाम दर्ता भएको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिएका छन् ।

दोस्रो संस्करणमा बाग्मती प्रदेशबाट सबैभन्दा धेरै १ सय ५५ जना खेलाडीको नाम दर्ता भएको छ । त्यस्तै सुदूरपश्चिमबाट १ सय ३, लुम्बिनीबाट ९८, मधेशबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकी प्रदेशबाट २४ जना खेलाडीको नाम दर्ता भएको छ ।

यस्तै प्रतियोगिताको ‘ड्राफ्ट’ मा ४० देखि ५० जना विदेशी खेलाडी लिने प्रमुख बेगानीले बताए ।

प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ वटा टोली सहभागी छन् ।

दोस्रो संस्करणको मिति चाँडै सार्वजनिक हुने आयोजकले जनाएको छ । पहिलो संस्करणमा काठमाण्डौलाई हराउँदै जनकपुर विजेता बनेको थियो ।