काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् ।
जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । आन्दोलन पछि देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ ।

प्रतिक्रिया