कांग्रेस चुनावबाट पछि हट्दैन : रामहरि खतिवडा

कांग्रेस चुनावबाट पछि हट्दैन : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आफ्नो पार्टी चुनावबाट पछाडि नहट्ने बताएका छन् ।

आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक सुरु हुनुअघि नेता खतिवडाले सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस चुनावबाट पछाडि नहट्ने बताउँदै सरकारलाई चुनावका लागि वातावरण बनाउन आग्रह गरे ।

साथै, उनले सरकारले चुनावका लागि अहिलेसम्म राजनीतिक दलहरूसँग संवाद नगरेकोप्रति गुनासो गरे ।

त्यसैगरी प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेकाेले फैसला आएपछि त्यसबमाेजिम अगाडि बढ्ने उनले बताए ।