काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दोस्रो लेग खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ ।
मंगलबार (असोज २८) नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले गोलकिपर किरण चेम्जोङको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
टोलीमा एक परिवर्तन गरिएको छ । यसअघि चोटका कारण संघर्षरत स्ट्राइकर अञ्जन विष्टलाई यसपटकको पहिलो रोजाइमा राखिएको छ । पहिलो लेगमा सुरुआती–११ मा स्थान बनाएका लाकेन लिम्बू भने सब्सिच्युट खेलाडी रहेका छन् ।
खेल भियनामको नोङन्हात रंगशालामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ । यसअघि सम्पन्न पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ ले पराजित भएको थियो ।
यस्तो छ सुरुआती–११ :
अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, किरणकुमार लिम्बू (चेम्जोङ), मनीष डांगी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ


प्रतिक्रिया