जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री पद मनोरञ्चनका लागि नभएको टिप्पणी गरेका छन् ।
आज पद तथा गोपनियताको शपथपश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सोनलले भने, ‘मुख्यमन्त्रीको पदमा इन्जोय गर्न आएको छैन, म काम गर्न आएको हुँ । मन्त्री हुँदा १६/१७ घण्टासम्म काम गर्थें । अब त्योभन्दा पनि बढी काम गरेर देखाउँछु ।’
मुख्यमन्त्री सोनलले संविधानले दिएको हक अधिकारको रक्षा र संस्थागत गर्नुका साथै प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए ।
जसपा नेपालसहित अन्य सहयोगी दलहरूलाई चाँडै सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।
उनले आफूसँग स्पस्ट बहुमत रहेको उल्लेख गर्दै कम आकारको सरकार गठन गरेर काम गर्ने बताए ।


प्रतिक्रिया