काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गृहमन्त्री ओमप्रकाश अर्यालको पछिल्लो अभिवयक्तिप्रति आपत्ति जनाएका छन् ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदी आगामी चुनावमा प्रयोग नगर्ने भनेर दलहरूले प्रतिबद्धता जनाउनुपर्ने भनेकोमा पार्टीको प्रचार विधाग प्रमुख विश्वकर्माले आपत्ति जनाएका हुन् ।
‘यिनी गृहमन्त्री नै हुन् ? कि यिनको मुखबाट अरू कोही बेल्दैछ ? आक्रमण, आगजनी, तोडफोड र लुटपाटको बलमा आफैँ मन्त्री हुने ! भागेका कैदीबन्दी, लुटिएका हतियार र प्रहरीका बर्दी नखोज भन्ने अनि चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता चाहिँ दलहरूले गरिदिनु पर्ने ? विचरा,’ विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।


प्रतिक्रिया