काठमाडौं । हङकङ क्रिकेट सिक्सेस २०२५ का लागि नेपाली टोली घोषणा भएको छ । हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिताको लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शरद भेषावकरको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो ।
यो प्रतियोगितापछि भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने क्यानले जनाएको छ । प्रतियोगिता आउँदो नोभेम्बर ७ देखि ९ सम्म आयोजना हुँदैछ ।
हङकङ क्रिकेट सिक्सेका लागि नेपाली टोलीमा भेषावकरसँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, मोहम्मद आदिल आलम, रशिद खान र रूपेश सिंह छन् ।
प्रतियोगितामा नेपाल पोल ‘ए’ मा परेको छ । यो पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी १२ टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।
नेपालले हङकङ क्रिकेट सिक्सेसमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो ।


प्रतिक्रिया