कसैप्रति नकारात्मकता फैलाउने काम नगरौं : सन्दीप लामिछाने

कसैप्रति नकारात्मकता फैलाउने काम नगरौं : सन्दीप लामिछाने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगर्न अनुरोध गरेका छन् । प्याराडाइम टिभीले तयार गरेको सामग्रीमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले फेसबुकमार्फत आपत्ति जनाएका थिए ।

लामिछानेले बुधबारको पोस्टमा जानाजानी आफ्नो व्यक्तिगत जीवन, मर्यादा र गोपनीयतालाई क्षति पुर्‍याउने उद्देश्यले त्यो सामग्री तयार गरिएको दाबी गरेका थिए । बिहीबार पुनः फेसबुकमा स्टाटस लेख्दै उनले सबैको माया र समर्थनको कदर गर्ने बताएका छन् ।

‘जे भयो त्यो साँच्चै स्वीकार्य थिएन । म तपाईंहरूको सबै भावना बुझ्छु । तर कृपया, कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगरौं । कोही पनि यसको योग्य छैन ।’

सन्दीपले आफ्नो ध्यान अहिले क्रिकेटमा भएको र यूएईबाट नेपाल फर्किएपछि यो विषयमा थप सम्बोधन गर्नेसमेत बताएका छन् ।

‘म अहिले दुबईमा भएकोले, मेरो पूर्ण ध्यान क्रिकेट विश्वकप लिग–२ का खेलमा छ । म फर्केपछि यो विषयमा थप सम्बोधन गर्नेछु’, सन्दीपले फेसबुकमा लेखेका छन् ।