मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३ गोलले पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३ गोलले पराजित



काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालको महिला टोली इरानसँग ३ गोलले पराजित भएको छ ।

भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर इरानले दोस्रो हाफमा ३ गोल गर्यो ।

इरानका सारा दिदारले ४९औं मिनेटमा, कप्तान जाहरा घानबारीले ५२औं मिनेटमा र सबनम बिहिसेतले ५७औं मिनेटमा गोल गरे ।

यसअघि भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३–० ले हराएको थियो । प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २ गोलले हराएको थियो । नेपालले दोस्रो खेल १० गते भारतसँग खेल्नेछ । यी दुई खेल फिफा विन्डोको खेल हुन् । यो प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ ।