नेपाल कम्युनिस्ट पार्टीले दियो दल दर्ताको निवेदन

नेपाल कम्युनिस्ट पार्टीले दियो दल दर्ताको निवेदन



काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दिएको छ । मंगलबार पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित आयाेगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको हो ।

पार्टीको नाम कम्युनिस्ट पार्टी, नेपाल प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले प्राप्त निवेदन र संलग्न कागजातहरूको अध्ययन गरी आवश्यक प्रक्रिया पूरा भएपछि दल दर्तासम्बन्धी निर्णय लिनेछ ।

एक समय सशस्त्र गतिविधि सञ्चालन गरेको र सरकारको प्रतिबन्धमा समेत परेको पार्टीले मूलधारको राजनीतिमा आउने तयारीस्वरूप मंगलबार आयोगमा निवेदन पेस गरेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे शान्ति सम्झौता गर्दै भूमिगत राजनीति छाडेर शान्तिपूर्ण मूलधारमा आएको हाे ।